काठमाण्डू, ३ माघ– पूर्वसचि पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल फेसकुबमार्फत त्रितालले उक्त अध्यादेशमा भएको प्रावधानले नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउने टिप्पणी गरेका हुन् । ‘नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउन भूमिसम्बन्धी अध्यादेश’, उनले लेखेका छन्, ‘धिक्कार छ, भ्रष्टाचारका सरदारहरुलाई ।’
भ्रष्टाचारविरोधी छविका त्रितालकै नेतृत्वमा गठित आयोगले बालुवाटारस्थित ललीतानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याइएको विषय छानबिन गरेको थियो । त्रिताल आयोगको सिफारिसमा त्यसमा संलग्नहरुमाथि कारबाही भएको हो ।
सरकारको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले भूमीसम्बन्धि अध्यादेश जारी गरेका थिए । अध्यादेशमा भूमिहीनलाई हाल भोगचलन गर्दै आएको सरकारी जग्गा उपलब्ध गराउने, घरजग्गा व्यवसायीले हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउनेजस्ता विवादास्पद प्रावधान समेटिएका छन् ।
भू-माफियालाई पौन र सत्तारुढ दलका कार्यकर्तालाई सार्वजनिक जग्गा बाँड्न अध्यादेश ल्याइएको भन्ज्दै सर्वत्र आलोचना भइरहेको छ ।