सिन्धुली,४ माघ–सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ता छन् ।
काठमाण्डूबाट जनकपुर जाँदै गरेको बा३ख ८४४५ नम्बरको माइक्रो बस बिहीबार साँझ साढे ५ बजेको समयमा विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा दुर्घटना भएको हो ।
गाडीको टायर पन्चर भएपछि अनियन्त्रित भएको गाडी सडकको डिभाइडरमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले सिन्धुली प्रहरीका डिएसपी अनिलकुमार खड्काले बताए ।
खड्काका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाइै थप उपचारका लागि काठमाण्डू पठाइएको छ ।