काँग्रेस बैठकमा ऊर्जामन्त्रीलाई विश्वप्रकाशको प्रश्नः गोर्खाल्याण्ड भन्ने सुनेको हो, खड्काल्याण्ड भनेको चाहिं के हो ?

काठमाण्डु टुडे २०८१ माघ ३ गते १८:५४ मा प्रकाशित

काठमाण्डू, ३ माघ– काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा बिहीबार पार्टीका तर्फबट वर्तमान सरकारमा सहभागी १० मन्त्री र २ राज्यमन्त्रीलाई छलफलमा बोलाएका थिए ।

बैठकमा सभापति देउवासहित पार्टीका शीर्ष नेतासमेत सहभागी थिए । बैठकमा मन्त्रीहरुले पालैपालो आफ्नो मन्त्रालयमा भएका काम, चुनौती र समस्याबारे नेतृत्वलाई ब्रिफिङ गरेका थिए ।

त्यस क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आफूविरुद्ध सञ्चार माध्यमले अफबाह फैलाएको बताए । मन्त्री खड्काले लैनचौरस्थित नेपाल स्काउटको जग्गाको भाडा नतिरेको समाचार आइरहेका छन् ।

स्काउट पदाधिकारीले खड्काको स्वामित्वमा रहेको खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भाडामा लिएको तीन रोपनी जग्गा र दुई भवनको भाडा नतिरहेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको समेत ध्यानाकर्षण गराएका थिए ।

एउटै विषयमा लगातार समाचार लेखेर आफ्नो मानहानी भएको गुनासो खड्काले गरे । खड्का बोल्दै गर्दा शर्माले प्रतिवाद गरे । ‘गोर्खाल्याण्ड भन्ने त सुनिएको हो । यो खड्काल्याण्ड भन्ने चाहिँ आज थाहा भयो, के भनेको के हो ?’, शर्माले खड्काप्रति ब्यंग्य गर्दै प्रश्न गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us