
काठमाण्डू, ३ माघ– ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का मन्त्रालयमै कुटिएको खुलासा भएको छ ।
काँग्रसले बिहीबार पार्टीबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा छलफल गरेको थियो ।
त्यस क्रममा मन्त्री खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको बताएका हुन् । यद्यपि उनले कसले हातपात गरेको हो भन्ने खुलाएका थिएनन् ।
उनले मन्त्रीहरुको सुरक्षामा प्रहरी गम्भीर नरहेको आरोप लगाए । गत शुक्रबार साँझ ६ बजे मन्त्रालयको काम सकेर बाहिर निस्कने क्रममा एक व्यक्तिले भर्याङमै हातपात गरेको उनको भनाइ थियो ।
उनले सुरक्षा लापरबाही भएको भन्दै त्यसबारे बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । लेखकले भने समयमै जानकारी नपाएको जवाफ दिए ।