समाचार

बालेनसँग मिलेर अघि बढ्ने भीम रावलको घोषणा

२०८१ माघ ४ गते ११:२०

काठमाण्डू, ४ माघ– एमालेबाट निष्काशित डा. भीम रावलले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग सहकार्य गरेर अघि बढ्ने घोषणा गरेका छन् । धनगढीमा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले बालेनलाई पनि साथमा लिएर अघि बढ्ने बताए । ‘बालेनजीसहित सबैलाई एकजुट गरेर राष्ट्रको...

एमाले प्रवेश गर्दै विश्वमणि सुवेदी

२०८१ माघ ४ गते ११:००

काठमाण्डू, ४ माघ– नेकपा एकीकृत समाजवादी सम्वद्ध पत्रकारको संस्था समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी एमाले प्रवेश गर्ने भएका छन् । सुवेदीलाई एमाले महासचिव शंकर पोखरेलले राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नेछन् । पार्टी नेतृत्व र नीतिविपरीत सार्वजनिक रुपमा विचार अभिव्यक्त गरेको...

सिक्लेसमा ६.१ किलोमिटरको केबलकार निर्माण सुरु हुँदै, बीचमा झर्ने र चढ्ने स्टेशन

२०८१ माघ ४ गते १०:४२

पोखरा, ४ माघ– कास्कीको पर्यटकीय स्थल सिक्लेसमा केबलकार सञ्चालनको प्रक्रिया अघि बढेको छ । आईएमई ग्रुपले सञ्चालन गर्न लागेको उक्त केबलकारको कानूनी प्रक्रिया अन्तिम चरणमा पुगेको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी...

सरकार कालोबजारीको सहयोगी, उपभोक्तामाथि गम्भीर अपराध

२०८१ माघ ४ गते ९:१७

काठमाण्डू, ४ माघ– सरकारले कालोबजारीलाई बेलगाम छुट दिने गरी अध्यादेश ल्याएको छ । महंगी नियन्त्रण र उपभोक्ता अधिकारीको सुरक्षा गर्नुपर्ने दायित्व बोहेको सरकारले नै व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था हटाउँदै अध्यादेश ल्याएको छ । अध्यादेशमा भएको व्यवस्थाअनुसार अब कुनै पनि सामानको...

भारतीय मजदुरको कुटेर हत्या

२०८१ माघ ४ गते ८:५७

रुपन्देही, ४ माघ– रुपन्देहीमा एक मजदुरको कुटेर हत्या भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जस्थित एक इँटा उद्योगमा काम गर्दै आएका भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको छ । सोही उद्योगका ट्याक्टर चालक सियारी–६ का १९ वर्षीया कृष्ण केवटको कुटपिटबाट निष्ठुरीको मृत्यु...

शंकरापुरमा स्थानीय र प्रहरीबीच झडप, १७ जना पक्राउ

२०८१ माघ ४ गते ८:५२

काठमाण्डू, ४ माघ– काठमाण्डूको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीय र प्रहरीबीच दिनभर र रातिसम्म झडप भएको छ । विद्युत सव स्टेशन निर्माणको काम रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबचि झडप भएको हो । झडपका क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । विकासको...

रवि लामिछाने हिरासतमा सुतेको तस्बिर खिच्ने निकोलसलाई अदालत पेस गरिँदै

२०८१ माघ ४ गते ८:४४

पोखरा, ४ माघ– साइबर अपराध आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले आज अदालतमा प्रस्तुत गर्दैछ । कास्की प्रहरी हिरासत कक्षभित्र पसेर भुसालले रास्वपा सभापति रवि लामिछानेको तस्बिर खिचेको आरोपमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो । लामिछाने भेट्न प्रहरी हिरासतमा पुगेका भुसालले सुतिरहेको...

च्याट जिपिटी, एआई कुनै चित्रगुप्त होइन:ओली

२०८१ माघ ४ गते ८:३२

पोखरा, ४ माघ– प्रधानमन्त्री केपी ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे । उनले च्याट जिपिटी, एआई अब नेपालका...

सिन्धुलीमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु

२०८१ माघ ४ गते ८:२७

सिन्धुली,४ माघ–सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ता छन् । काठमाण्डूबाट जनकपुर जाँदै गरेको बा३ख ८४४५ नम्बरको माइक्रो बस बिहीबार साँझ साढे ५ बजेको समयमा विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा...

विपक्षी ६ दलको बैठक बस्दै, बैठकपछि पत्रकार सम्मेलन

२०८१ माघ ४ गते ८:२२

काठमाण्डू, ४ माघ– सरकारविरुद्ध मोर्चाबन्दीमा उत्रिएका विक्षपी ६ दलको बैठक आज पनि बस्दैछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँबनेश्वरस्थित संसद भवनमा रहेको कार्यकक्षमा अपराह्न २ बजे विपक्षीको बैठक बस्न लागेको हो । बैठकपछि अपराह्न ३ बजे बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गरिएको...

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

२०८१ माघ ३ गते १९:२८

काठमाण्डू, ३ माघ– कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो । भौतिक पूर्वाधार...

ललीतानिवासको छानबिन गरेका पूर्वसचिव त्रिताल भन्छन्ः भूमिसम्बन्धि अध्यादेश नीतिगत भ्रष्टाचार

२०८१ माघ ३ गते १९:२४

काठमाण्डू, ३ माघ– पूर्वसचि पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत त्रितालले उक्त अध्यादेशमा भएको प्रावधानले नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउने टिप्पणी गरेका हुन् । ‘नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउन भूमिसम्बन्धी अध्यादेश’,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us