काठमाण्डू– सरकारले अनुचित लेनदेन अर्थात मिटरब्याजसम्बन्धी विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयमार्फत अनुचित लेनदेनसम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
न्याय माग्न जनकपुरमा जम्मा भएर काठमाण्डु हिंडेका मिटरब्याज पीडित बारा आइपुगेका छन् । गृहमन्त्री सुधन गुरुङ उनीहरुसँग वार्ता गर्न भन्दै मंगलबार बारा पुगेका छन् ।