काठमाण्डू, ४ माघ–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाउने बताएका छन् । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले शुक्रबार आयोजना गरेको ‘नेपालमा सार्वजनिक सेवा प्रसारण...
संखुवासभा, ४ माघ– कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ । शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको संखुवासभा प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले...
पोखरा, माघ– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकार र राजनीतिक दलका नेताप्रति जनतामा असन्तुष्टि चुलिएको बताएका छन् । पार्टी सम्बद्ध नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले शुक्रबार पोखरामा गरेको कार्यक्रममा खड्काले दलका नेता र कार्यकर्ता सुध्रिन जरुरी रहेको बताए । जनताको सेवा गरेर नेता कार्यकर्ता सुध्रिनुपर्ने...
दैलेख,४ माघ– दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सकिएपछि त्यसबाट निस्किएको नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत २३ वैशाखदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमुना लिएर विज्ञ टोली चीन गएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद्...
काठमाण्डू, ४ माघ– नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविधि विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा...
पोखरा, ४ माघ– साइबर अपराधमा कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले शुक्रबार उनलाई ५० हजार धरौटीमा तारेखमा रिहा गरेको हो । भुसाललाई प्रहरीले बिहीबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो...
चितवन, ४ माघ– चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारीको बचत अपचलन कसुरमा पुरक प्रतिवेदन तयार पारेको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन कसुरमा लामिछानेमाथि प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा पुरक प्रतिवेदन पेस गरेको...
काठमाण्डू, ४ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । शुक्रबार विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि बोल्दै अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको आरोप लगाए । ‘यो सरकारले जनअपेक्षा पूरा गर्न...
काठमाण्डू, ४ माघ– प्रेमिकाको सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान छन् । पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले प्रधानलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार प्रेम सम्बन्धमा दरार आएपछि...
काठमाण्डू, ४ माघ– एमाले महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि एमालेको ढोका बन्द रहेको बताएका छन् । एकीकृत समाजवादी सम्वद्ध पत्रकारको संस्था समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुदेवीलाई शुक्रबार पार्टी प्रवेश गराउँदै पोखरेलले माधव नेपाल एमालेमा आउन चाहे पनि उनलाई नलिने...
काठमाण्डू, ४ माघ– विपक्षी ७ दलीय गठबन्धनले थ्रेस होल्डका नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना नगर्न सत्तारुढ काँग्रेस र एमालेलाई चेतावनी दिएको छ । सरकारले हालै निर्वाचनसम्बन्धी कानून संशोधन गर्न तयार पारेको मस्यौदामा समानुपातिक निर्वाचन प्रणलीतर्फ प्रतिनिधिसभामा ५ र प्रदेशसभामा कूल सदरमतको तीन प्रतिशत...
काठमाण्डू, ४ माघ– विपक्षी ७ दलीय गठबन्धनले भूमाफिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यसहित सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको विपक्षी दलहरुको बैठकले भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले...