काठमाण्डू, ६ माघ– एमाले नेता शंकर पोखरेल राजनीतिक विषयमा सामाजिक सञ्जाल फेसबुकमा छिटो प्रतिक्रया दिने नेतामा पर्छन् । जब प्रधानमन्त्री केपी ओली, एमाले र सरकारबारे कसैले प्रश्न उठाउँछ, तब पाखरेल सञ्जालमा जाइलागिहान्छन् । तर, उनकै पेजमा फलोअर्स रहेका ९० प्रतिशतभन्दा बढीले तीखो आलोचना गर्छन्,...
झापा, ६ माघ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपटि भएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि सुरुङ्गा नजिकै आक्रमण भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस युनियनले झापाको दोमुखमा गरेको कार्यक्रममा सहभागी भएर...
पर्सा, ६ माघ– पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । १ सय ९ किलो गाँजासहित ट्रक र चालकलाई फक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनका अनुसार भारततर्फ लाल तयार पारिएको अवस्थामा गाँजा बरामद भएको हो ।...
सर्लाही, ६ माघ– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८...
सिन्धुपाल्चोक, ५ माघ– माओवादी केन्द्रका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोक–२ का प्रतिनिसभा सदस्य एवं काँग्रेस नेता मोहनबहादुर बस्नेत हराएको टिप्पणी गरेका छन् । बाह्रबिसेमा शनिबार आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले निर्वाचन जितेर गएपछि जनताले आफ्नो क्षेत्रमा सांसद भएको महसुस गर्न...
संखुवासभा, ५ माघ– सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए । शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले...
काठमाण्डु, ५ माघ– माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कांग्रेस नेता मोहन बस्नेतलाई ज्ञानको आयतन बढाउन सुझाव दिएका छन् । सिन्धुपाल्चोकमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले ज्ञानको आयतन बढाएर बुद्धिमतापूर्ण ढंगले माओवादीसँग बहस गर्न आउन आग्रह गरे । बस्नेतले गत...
काठमाण्डु, ५ माघ– एमाले नेता सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी र सहकारी ठगहरुसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत थापाले ७ दलीय विपक्षी मोर्चाविरुद्ध आक्रोश पोखेका हुन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आमजनता...
विराटनगर, ५ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान–२ झोराहाठमा ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । ग्रामथानमा आयोजित विरोधसभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले शनिबार १ सय ६ वर्षीय बखतबहादुर कार्की, १ सय ६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीया...
विराटनगर, ५ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैलीप्रति भत्र्सना व्यक्त गरेका छन् । मोरङको ग्रामथानमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको ‘चोरलाई चौतारो, साधुलाई सुली’ शैलीमा अघि बढेको आरोप लगाए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने...
काठमाण्डू, ५ माघ–माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारले संसद्को हिउँदे अधिवेशन नबोलाए विपक्षी दलहरुले विशेष अधिवेशनको माग राख्ने बताएका छन् । पूर्वसभामुख समेत रहेका सापकोटाले संघीय संसद्का २५ प्रतिशत सदस्यले माग गरेको अवस्थामा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था संविधान र कानूनमा रहेको बताए । उनले...
काठमाण्डू, ५ माघ– सरकारले जुम्लाको भूमि आयोगको अध्यक्षमा विवादित पृष्ठभूमिका सुरतबहादुर शाहीलाई नियुक्त गरेको छ । एमाले नेता शाहीमाथि बालयौन दुराचारको आरोप लागेको थियो । शाहीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले केही दिनअघि आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । तातोपानी गाउँपालिका–८...