संसदमा ३२ जनाले आगो बाल्छन्ः सापकोटा

काठमाण्डु टुडे २०८१ माघ ५ गते १७:१६ मा प्रकाशित

काठमाण्डू, ५ माघ–माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारले संसद्को हिउँदे अधिवेशन नबोलाए विपक्षी दलहरुले विशेष अधिवेशनको माग राख्ने बताएका छन् ।

पूर्वसभामुख समेत रहेका सापकोटाले संघीय संसद्का २५ प्रतिशत सदस्यले माग गरेको अवस्थामा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था संविधान र कानूनमा रहेको बताए ।

उनले संघीय संसदसहित सातवटै प्रदेशसभामा विशेष अधिवेशन बोलाउन माग गर्ने तयारीमा आफूहरु रहेको सापकोटाको भनाइ थियो । ‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् ।

सबै विपक्षी दलहरुको बैठक तपाईंहरूले सुनिरहनु भएको छ’, सापकोटाले भने, ‘संविधानमा २५ प्रतिशतले सदन बोलाउन पाउने व्यवस्था छ ।’

उनले सरकारले आफूहरुको आवाज नसुने भोलि वा पर्सी (आइतरबार÷सोमबार) नै सदन बोलाउन सभामुखलाई हस्ताक्षर बुझाउने उनको भनाइ थियो ।

संसद् बैठकको पहिलो दिनमै विपक्षीेले संघीय संसदसहित सातवटै प्रदेशसभामा आगो बाल्ने चेतावनी सापकोटाले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us