प्रधानमन्त्रीको तर्फबाट संसद्‌मा कानुनमन्त्रीले पेश गरिन् तीन आयोगका वार्षिक प्रतिवेदन

काठमाण्डु टुडे २०८३ असार ३० गते १६:१८ मा प्रकाशित

काठमाण्डू, ३० असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा तीन वटा आयोगका प्रतिवेदनहरू पेश भएका छन् ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा आयोगको प्रतिवेदन मंगलबार प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।

सभामुख डापी अर्यालले न्याय परिषद्को वार्षिक प्रतिवेदन–०८१–०८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन– ०८१–०८२ र लोकसेवा आयोगको ६६ औं वार्षिक प्रतिवेदन–०८१–०८२ पेश गर्नका लागि प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले पेश गर्न अनुमति दिए ।

सभामुख अर्यालको अनुमति अनुसार, कानुनमन्त्री गौतमले उक्त प्रतिवेदनहरू पेश गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us