बालेन सरकारद्वारा सय दिनमा ६ हजार १ सय ४५ सरकारी कर्मचारीमाथि कारबाही

काठमाण्डु टुडे २०८३ असार २० गते १८:१४ मा प्रकाशित

काठमाण्डु– बालेन्द शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा ६ हजारभन्दा बढी सरकारी कर्मचारीमाथि कारबाही गरेको खुलासा भएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ६ हजार १ सय ४५ कर्मचारीमाथि कारबाही गरिएको बताए ।

७ सय ८७ वटा कार्यालय र योजना अनुगमनका क्रममा कमजोरी गरेको भेटिएकाले ती कर्मचारी कारबाहीमा परेको उनको भनाइ थियो ।

यस्तै सो अवधिमा ७ वटा मुद्दा दायर गरिएको तथा १ सय १ जना व्यक्ति तथा संस्थाविरूद्ध १ सय १८ अर्ब बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए । सोही क्रममा ६६ जना बिचौलिया पक्राउ परेको विवरण उनले सुनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us