बालेन सरकार बनेपछि एकै कसुरमा १३ हजार बढी व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८३ असार २० गते १८:१८ मा प्रकाशित

काठमाण्डु– बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछिका सय दिनमा १३ हजारभन्दा बढी व्यक्तिलाइ एकै कसुरमा पक्राउ गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३ हजार ६ सय ६९ जनालाई निजी सम्पत्ति विरूद्धको अपराधमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाहरुविरुद्ध ६ हजार १ सय ९५ वटा मुद्दा दर्ता गरिएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us