सय दिनमा १ हजार ७ सय ५४ सहकारी पीडितको बचत फिर्ता गरियोः सरकार

काठमाण्डु टुडे २०८३ असार २० गते १६:४२ मा प्रकाशित

काठमाण्डु– सरकारले सय दिनमा १ हजार ७ सय ५४ सहकारी पीडितको बचत फिर्ता गरिएको दाबी गरेको छ ।

शनिबार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उक्त दाबी गरेका हुन् ।

१० वटा सहकारीबाट १ हजार ७ सय ५४ जनालाई २ करोड ६३ लाख ९० हजार रकम फिर्ता गरिएको उनको भनाइ थियो ।

सरकारको सुशासनका लागि सय दिने कार्ययोजनामा सहकारी पीडितलाई रकम फिर्ता विषय पनि उल्लेख थियो ।

पोखरेलले सरकारको उद्धेश्य सहकारीका बचतकर्ताको रकम हिनामिना गर्ने ठगहरुलाई जेल हाल्नु मात्र नभई बचतकर्ताको रकम फिर्ता गर्न रहेको स्पष्टीकरण दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us