हेटौंडा, ५ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान काँग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचारीको संरक्षणका लागि बनेको आरोप लगाएका छन् । हेटौंडामा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले सत्तारुढ दलका नेता र उनीहरुनिकट व्यक्तिहरु संलग्न भ्रष्टाचार प्रकरणको ढाकछोप गरिरहेको आरोप लगाए ।...
प्यूठान, ५ माघ–प्यूठानमा कक्षा ९ मा अध्ययनरत एक छात्राले अवैध शिशु जन्माएर हत्या गरेको खुलासा भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका–२ दर्भानमा गत ३ माघमा फोहोर फाल्ने डस्टबिनभित्र सालनालसहितको नवजात शिशुको शव भेटिएको थियो । घटनाको दुई दिनपछि प्रहरीले शिशु जन्माएर हत्या गर्ने किशोरीको...
मोरङ, ५ माघ– मोरङमा जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–८ भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको हात्ती आक्रमणमा ज्याज गएको हो । जंगली हात्तीले गएराति १२ बजे घिमिरेलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । घरनजिकै जंगलबाट एक छावासहित आएको...
विराटनगर, ५ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । शनिबार बिहान प्रचण्डले रंगशालाको अनुगमन गरे । त्यस...
ललितपुर, ५ माघ– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । ललितपुर महानगरपालिका १६ र पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्त आयोजनामा शनिबार मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा यादवले योग साधनाले...
महोत्तरी, ५ माघ– महोत्तरीको मटिहानी नगरपालिका– ४ मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका...
स्याङ्जा, ५ माघ– स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग१क ५१३९ नम्बरको ट्रक शुक्रबार राति ११ बजे सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा टिपरमा सवार पर्वतको कुश्मा नगरपालिका–१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको...
काठमाण्डू, ५ माघ– सहकारी ठगी कसुरका फरार आरोपी जितेन्द्रबाबु (बिजी) राईको राहदानी रद्ध भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो । कास्की प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गत २८...
काठमाण्डू, ५ माघ– पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई...
विराटनगर, ५ माघ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमाले गठबन्धन बनेकै दिनदेखि मुलुकको राजनीतिमा दुर्घटनाको खतरा मडारिएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको बताए । लोकतन्त्रमा संसदको पहिलो र दोश्रो दल मिलेर...
काठमाण्डू, ४ माघ– सरकारले एक भारतीयले नेपाली महिलासँग विवाह गरी उनको नाममा राखेको सम्पत्ति जफत गर्ने भएको छ । सर्वोच्च अदालतले जफत गर्न फैसला गरेको भए पनि हालसम्म सरकारी स्वामित्वमा नल्याइएको सम्पत्ति सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका...
काठमाण्डू, ४ माघ– गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए...