काठमाण्डू, ६ माघ– प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन् । हाल काठमाण्डूको सूर्यदर्शन हाइटमा बस्दै आएका उनी टोखा नगरपालिका–३ बाट...
काठमाण्डू, ६ माघ– प्रधानमन्त्री र मन्त्रीहरु संसदीय समितिमा उपस्थित नभएकामा संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले प्रधानमन्त्री र मन्त्री बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएको हो । समिति सभापति ठाकुर...
झापा, ६ माघ– झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको...
काठमाण्डू, ६ माघ– बुटवलस्थित सुप्रिम सहकारी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार रुपन्देहीमा मुद्दा दायर गरेको हो । कार्यालयकी सूचना अधिकारी...
धनगढी, ६ माघ– सरकार नेतृत्वकर्ता एमालेले पूर्वसचिव भीम उपाध्यक्षमाथि कारबाही माग गरेको छ । एमाले कैलालीको शनिबार बसेको सचिवालय बैठकले झुठा प्रचार गरेको आरोपमा उपाध्यायमाथि कारबाही माग गरेको हो । एमाले कैलालीका प्रचार विभाग प्रमुख एवं उपसचिव चुडामणि भट्टले सरकारको पेन्सन खाने व्यक्तिले सामाजिक...
झापा, ६ माघ– झापामा नवीनतम् प्रविधिबाट मकैखेती हुन थालेपछि किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भने, ‘मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन...
काठमाण्डू, ६ माघ– सरकार नेतृत्वकर्ता एमालेले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध धनगढी विमानस्थलमा नाराबाजी भएको विषयमा छानबिनको माग गरेको छ । एमाले कैलालीको शनिबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको घटनाको छानबिन गरी कारबाहीको माग गरेको छ । एमालेबाट निष्काशित...
काठमाण्डू, ६ माघ– नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणप्रति निन्दा व्यक्त गरेको छ । थापामाथि झापाको कन्काई नगरपालिकास्थित सुरुङगानजिकै शनिबा दुई व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणबाट थापाको निधारमा चोट लागेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार...
जनकपुर, ६ माघ– धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित जनकपुर–जलेश्वर सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बीआर–०६–डिजे–२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज१२प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार महोत्तरीको...
काठमाण्डू, ६ माघ– सहकारी ठगीको आरोप लागेका नेपा प्रहरीका पूर्वडिआईजी एवं गोर्खा मिडियाका सञ्चालक छबिलाल जोशी बन्जाडे अदालतमा उपस्थित भएका छन् । जोशी आइतबार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका हुन् । जोशीमाथि काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा...
काठमाडौं, ६ माघ– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा...
काठमाण्डुू, ६ माघ– एमालेले थप एक पूर्वमन्त्री र जिल्ला नेतालाई पार्टीबाट निष्काशन गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र कैलाली जिल्ला सदस्य भिष्मराज सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । शनिबार बसेको कैलाली जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई गरेको जिल्ला...