झापामा ५३ वर्षका पुरुषद्वारा १६ वर्षीया किशोरी बलात्कृत

काठमाण्डु टुडे २०८१ माघ ६ गते १३:५९ मा प्रकाशित

झापा, ६ माघ– झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् ।

१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फार्मको कोठाभित्र किशोरीको बलात्कार गरिएको उजुरीपछि प्रहरी टोली खटिएको थियो । प्रहरीचौकी हल्दिबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us