कोशीका पूर्वमुख्यमन्त्री थापामाथि भएको आक्रमणको काँग्रेसद्वारा निन्दा

काठमाण्डु टुडे २०८१ माघ ६ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, ६ माघ– नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणप्रति निन्दा व्यक्त गरेको छ ।

थापामाथि झापाको कन्काई नगरपालिकास्थित सुरुङगानजिकै शनिबा दुई व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणबाट थापाको निधारमा चोट लागेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत घटनाको यथार्थ छानबिन गरी उक्त अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सरकासँग माग गरेका छन् ।

विज्ञप्तिमा थापाको स्वस्थ्यलाभको कामना गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us