छविलाल जोशी अदालतमा उपस्थित

काठमाण्डु टुडे २०८१ माघ ६ गते १२:१० मा प्रकाशित

काठमाण्डू, ६ माघ– सहकारी ठगीको आरोप लागेका नेपा प्रहरीका पूर्वडिआईजी एवं गोर्खा मिडियाका सञ्चालक छबिलाल जोशी बन्जाडे अदालतमा उपस्थित भएका छन् ।

जोशी आइतबार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका हुन् । जोशीमाथि काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

उनीविरुद्धको मुद्धाको पेसी न्यायाधीश ठाकुरप्रसद खरेलको इजलासमा परेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की जिल्ला अदातलत गत साताको बिहीबार उनलाई ८८ लाख धरौटीमा रिहा गरेको थियो ।

तीन महिना कास्की प्रहरी हिरासतमा रहेका उनलाई आफैं काठमाण्डू जिल्ला अदालतमा हाजिर हुने सर्तमा छाडिएको थियो । तर, त्यसको एक साता तीन दिनपछि मात्र उनी अदालतमा उपस्थित भए ।

स्वर्णलक्ष्मीका बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजारभदा बढी रकम हिनमिना भएको कसुरमा उनीसहित ३९ जनाविरुद्ध मुद्धा दायर भएको छ । सोही कसुरमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us