एमालेद्वारा पूर्वसचिव भीम उपाध्ययको पेन्सन रोक्न सरकारलाई सिफारिस

काठमाण्डु टुडे २०८१ माघ ६ गते १३:२६ मा प्रकाशित

धनगढी, ६ माघ– सरकार नेतृत्वकर्ता एमालेले पूर्वसचिव भीम उपाध्यक्षमाथि कारबाही माग गरेको छ ।

एमाले कैलालीको शनिबार बसेको सचिवालय बैठकले झुठा प्रचार गरेको आरोपमा उपाध्यायमाथि कारबाही माग गरेको हो ।

एमाले कैलालीका प्रचार विभाग प्रमुख एवं उपसचिव चुडामणि भट्टले सरकारको पेन्सन खाने व्यक्तिले सामाजिक सञ्जालमा जथाभावी लेखेका कारण उपाध्यायमाथि कारबाहीको माग गरिएको बताए ।

एमालेले उपाध्यायको पेन्सन रोक्न पनि माग गरेको छ । भट्टले एमाले सूदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी छाडेको झुठो पोष्ट गरेकामा उपाध्यायमाथि कारबाही सिफासि गरिएको बताए ।

‘हामीले उपाध्यायमाथि कारबाहीका लागि पार्टी केन्द्र र सरकारलाई सिफारिस गरेका छौं’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us