छावासहित गाउँ पसेको हात्तीको आक्रमणमा वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ५ गते १२:३३ मा प्रकाशित

मोरङ, ५ माघ– मोरङमा जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–८ भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको हात्ती आक्रमणमा ज्याज गएको हो ।

जंगली हात्तीले गएराति १२ बजे घिमिरेलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घरनजिकै जंगलबाट एक छावासहित आएको हात्तीले वृद्धलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमौरियाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us