झापा, ६ माघ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपटि भएको छ ।
कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि सुरुङ्गा नजिकै आक्रमण भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस युनियनले झापाको दोमुखमा गरेको कार्यक्रममा सहभागी भएर बा१झ ६५३ म्बरको को गाडीमा फर्कंदै गर्दा मोटरसाइकलमा सवार दुई जनाले गाडी रोकेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनको गाडीले ओभरटेक गर्न खोजेपछि आक्रमण भएको हो । प्रहरीले आक्रमणमा संलग्न दुवैलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी रहेको बुझिन आएको एसपी केसीले बताए ।
थापाको निधारमा चोट लागेको छ । बिर्तामोडको स्थानीय अस्पतालमा उपचारपछि पूर्वमुख्यमन्त्री थापा निवासमा आराम गरिरहेका छन् ।