प्रचण्डले गरे १ सय ६ वर्षीय ज्येष्ठ नागरिकलाई सम्मान

काठमाण्डु टुडे २०८१ माघ ५ गते १७:४० मा प्रकाशित

विराटनगर, ५ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान–२ झोराहाठमा ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

ग्रामथानमा आयोजित विरोधसभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले शनिबार १ सय ६ वर्षीय बखतबहादुर कार्की, १ सय ६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीया गंगादेवी लुइँटे र ८० वर्षीया सिछाइ मुसहरलाई सम्मान गरेको उनको सचिवालयले जनाएको छ ।

त्यस क्रममा प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताए ।

आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us