प्रेमिकाको उजुरीमा युवक पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ४ गते १६:४० मा प्रकाशित

काठमाण्डू, ४ माघ– प्रेमिकाको सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान छन् ।

पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले प्रधानलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार प्रेम सम्बन्धमा दरार आएपछि प्रधानले प्रेमिकाको अरुको नग्न फोटोमा प्रेमिकाको टाउको जोडेर सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरी परेको छ ।

बिहीबार पक्राउ परेका प्रधानमाथि जिल्ला अदालत काठमाण्डूबकाट ५ दिन म्याद थप गरी विद्युतीय कारोबार ऐन–२०६३ अनुसार कारबाही अघि बढाइएको ब्युरोले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us