शंकरापुरमा स्थानीय र प्रहरीबीच झडप, १७ जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ४ गते ८:५२ मा प्रकाशित

काठमाण्डू, ४ माघ– काठमाण्डूको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीय र प्रहरीबीच दिनभर र रातिसम्म झडप भएको छ ।

विद्युत सव स्टेशन निर्माणको काम रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबचि झडप भएको हो ।

झडपका क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

विकासको काममा अवरोध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेकामध्ये ३ जनालाई रिहा गरिउको छ भने १४ जना बौद्ध प्रहरीको हिरासतमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us