रविलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाण्डूको आदेश

काठमाण्डु टुडे २०८१ माघ २ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, २ माघ– काठमाण्डू जिल्ला अदालतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् ।

यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् । यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए ।

त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाण्डू जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us