काठमाण्डू, २ माघ– कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन ।
पोखरेललाई कांग्रेस उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पोखरेललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ ९घ० बमोजिम उपसभापति पौडेलले नियुक्त गरेको जानकारी दिएका छन ।