सरकारी विकलले थाले जवाफी बहस

काठमाण्डु टुडे २०८१ माघ २ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, २ माघ–स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

जिल्ला अदालत काठमाण्डूमा अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस सकिएपछि सरकारी वकिलको जवाफी बहस सुरु गरेका छन ।

रविकै तर्फका अधिवक्ता राजेन्द्र सेढाइँले बहस नोट मात्र बुझाए । बहस लम्बिएको भन्दै बहस छोट्याउने प्रयास स्वरुप रवि पक्षका सेढाइँले बहस नोट मात्र बुझाएका हुन् ।

जाहेरवाका तर्फबाट बहस गरेका सरकारी वकिलहरूको जवाफी बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले थुनछेकको आदेश गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us