वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै कुटिए

काठमाण्डु टुडे २०८१ माघ २ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् ।

रास्वपा कार्यकर्ताले जिल्ला अदालत काठमाण्डु परिसरमा त्रिपाठीमाथि बुधबार अपराह्न हातपात गरेका हुन् । त्रिपाठीले सहकारी पीडितका तर्फबाट बहस गर्दै आएका छन् ।

उनले विभिन्न सञ्चार माध्यममा लामिछाने ठग भएकाले कारबाही हुनुपर्ने भन्दै अन्तर्वार्ता समेत दिँदै आएका थिए । बुधबार काठमाण्डु जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलन सम्बन्धमा लामिछानेको बहस सकिएको थियो ।

उक्त बहसको आदेश आउनुअघि त्रिपाठीमाथि कुटपित भएको हो । त्रिपाठीले ‘हाम्रो सभापतिलाई थुनाउने यही हो’ भन्दै कुटपिट गरेको बताए ।

यसैबीच त्रिपाठीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिको परिचय खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us