समाचार

सुर्खेतमा भारतीय ट्रकमा आगजनी

२०७० कार्तिक १४ गते ४:४०

सुर्खेत, १४ कात्तिक–सुर्खेतमा अज्ञात समूहले भारतीय गाडिमा आगजनी गरेको छ । सुर्खेतको सुब्बाकुला नजिक युपी ४०३०२४२२ नम्बरको गाडीमा आगजनी भएको हो । आगोमा जलेर चालक आदम खान सामान्य घाइते भएका छन् । आगजनी गर्ने समूहको पहिचान भएको छैन । तर, आगजनीमा वैद्य माओवादीका कार्यकर्ताको...

वैद्य माओवादी पनि एमाओवादीको प्रचारमा

२०७० कार्तिक १४ गते ४:२१

जाजरकोट, १४ कात्तिक–वैद्य नेतृत्वको नेकपा–माओवादीका केही नेता तथा कार्यकर्ता निर्वाचन बहिष्कारमा छन् भने केही एकीकृत नेकपा माओवादी जाजरकोट क्षेत्र नं. १ का उम्मेदवार शक्तिबहादुर बस्नेतको प्रचारमा लागेका छन् । नेकपा–माओवादी बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रणबहादुर कार्की, नागरिक अगुवा राजेन्द्रविक्रम शाह लगायतका १२ जनाभन्दा बढी...

चुनावका पक्षधरबीच झडप रोक्न प्रचण्डको अपिल

२०७० कार्तिक १४ गते ३:३६

काठमाण्डु, १४ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका पक्षधरहरुको झडप तत्काल रोक्न अपिल गरेका छन् । संविधानसभा निर्वाचनलाई नयाँ संविधान निर्माण गर्नका लागि सहमति र सहकार्यको आवश्यकतामा जोड दिदै निर्वाचनका पक्षधर शक्तिहरुबीचको झडप तत्काल बन्द गर्न प्रचण्डले आह्वान गरेका हुन् । ‘निर्वाचनका पक्षधर...

संघीय समाजवादीको पर्चा सात भाषामा

२०७० कार्तिक १४ गते ३:३०

काठमाण्डु १४ कात्तिक–संघीय समाजवादी पार्टीले नेपालीसहित विभिन्न ७ भाषामा चुनावी पर्चा तथा पोस्टर तयार पारेर चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । संघीय समाजवादी फरक–फरक भाषामा पर्चा छाप्ने पहिलो पार्टी हो । अन्य दलहरुले नेपाली भाषामा मात्र पर्चा छापेका छन् । मुख्य भाषा नेपाली, बाहिङ,...

सेनाद्वारा गाउँगाउँमा सुरक्षा गस्ती

२०७० कार्तिक १४ गते ३:१०

रसुवा, १४ कात्तिक–मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन रसुवा जिल्लामा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । उम्मेदवारहरु गाउँगाउँमा घरदैलो कार्यक्रममा गएकाले सम्भावित घटनाप्रति पूर्वसावधानी अपनाउँदै बस्ती बस्तीमा गस्तीको प्रबन्ध मिलाई नेपाली सेना समेतको सुरक्षा निकायलाई परिचालन गरिसकिएको प्रमुख...

काँग्रेस उपसभापति पौडेलको गाडीमा बम प्रहार

२०७० कार्तिक १४ गते ३:०६

तनहुँ, १४ कात्तिक– काँग्रेस उपसभापति एवम् तनहुँ–२ का उम्मेदवार रामचन्द्र पौडेलले चुनाव प्रचार–प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहबाट बम प्रहार भएको छ । चुनावी अभियानका क्रममा जिल्लाको रामजाकोट पुगेका पौडेल स्थानीय काँग्रेस कार्यकर्ता गोविन्द गिरीको घरमा बास बसेका बेला राति करिब १ बजेको समयमा...

समानुपातिक उम्मेदवार विरुद्धको उजुरीमा छानविन

२०७० कार्तिक १४ गते ३:०४

काठमाण्डु, १४ कात्तिक–निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुमाथि परेको दावी विरोधको उजुरीको छानविन जारी राखेको छ । आयोगले विहीबारदेखि आउँदो बुधबारसम्म उजुरी छानविन जारी राख्ने भएको हो । दावी विरोधको निवेदनउपर १४ गतेदेखि २० गतेसम्म उम्मेदवारको योग्यतासम्बन्धी जाँचबुझ गरी निर्णय गर्ने आयोग प्रवक्ता बिरबहादुर राईले...

काँग्रेस उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक १४ गते २:२३

दाङ, १४ कात्तिक–नेपाली काँग्रेस दाङ क्षेत्र नं. २ की उम्मेदवार शुसीला चौधरीले निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्दै आएको गाडीमा गएराती आगजनी भएको छ । लालमटीया–४ स्थित पार्टी कार्यकर्ता युवराज भुसालको घरमा पार्किङ गरी राखिएको लु १ अ ४५२३ नम्वरको गाडीमा आगजनी भएको हो ।...

चितवनमा बम

२०७० कार्तिक १४ गते २:१८

चितवन, १४ कात्तिक–चितवनको भरतपुरमा विहीबार विहान बेवारिसे बम फेला परेको छ । भरतपुर नगरपालीका वडा नम्बर ५ लंकुस्थित चौतारोमा बम फेला परेको हो । मुख्यचोकमै बम फेला परेपछि स्थानीय आतंकीत भएका छन् । कालो झोलामा राखिएको सो बस्तु बम नै भएको बम डिष्पोजल टोलीले...

प्रचण्डलाई रोक्न ३ जिल्ला बन्द

२०७० कार्तिक १४ गते २:०५

म्याग्दी, १४ कात्तिक–नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विहीबाार म्याग्दीलगायत धौलागिरि अञ्चलका पर्वत र बागलुङ जिल्लामा यातायात सेवा बन्द गराएको छ । बन्दका कारण म्याग्दीका सबै सडकमा यातायात सेवा ठप्प बनेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीसाधन नचल्दा काम विशेषले हिँडेकाहरु समस्यामा परेका...

स्याङ्जा २ मा त्रिपक्षीय प्रतिस्पर्धा

२०७० कार्तिक १४ गते २:०४

स्याङ्जा, १४ कात्तिक–मङ्सिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा मुख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं २ मा एनेकपा माओवादीका तर्फबाट कल्पना अर्याल, नेपाली काँग्रेसका जिल्ला...

फेरी बगेपछि तीन जिल्ला यातायातबाट विच्छेद

२०७० कार्तिक १४ गते १:५८

ओखलढुङ्गा, १४ कात्तिक–सुनकोसी नदीमा सञ्चालनको तयारीमा रहेको फेरी बाढीले बगाएपछि माथिल्लो सगरमाथाका तीन जिल्ला राजमार्गसँगको यातायातबाट विच्छेद भएका छन् । गत असोज ३१ गते नदीमा आएको बाढीले सञ्चालनको तयारीमा राखेको फेरी बगाएपछि ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ गरी तीन पूर्वी पहाडी जिल्ला राजमार्गबाट विच्छेद भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us