संघीय समाजवादीको पर्चा सात भाषामा

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ३:३० मा प्रकाशित

Federal-socialist-party-sanghiyaकाठमाण्डु १४ कात्तिक–संघीय समाजवादी पार्टीले नेपालीसहित विभिन्न ७ भाषामा चुनावी पर्चा तथा पोस्टर तयार पारेर चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । संघीय समाजवादी फरक–फरक भाषामा पर्चा छाप्ने पहिलो पार्टी हो । अन्य दलहरुले नेपाली भाषामा मात्र पर्चा छापेका छन् ।

मुख्य भाषा नेपाली, बाहिङ, तामाङ, मगर, सुनवार, शेर्पा र बाम्बुले गरी सात भाषामा पर्चा तयार गरिएको संघीय समाजवादीले जनाएको छ । छरिएर रहेका जातजातिका विभिन्न भाषाको संरक्षण गर्न र मातृभाषामा पर्चा पढ्न सजिलो होस् भनेर विभिन्न भाषामा पर्चा प्रकाशन गरिएको सो पार्टीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us