समाचार

पक्ष र विपक्ष दुवैको तर्फबाट मुद्धा लड्ने वकिलहरुविरुद्ध उजुरी

२०७० कार्तिक १४ गते १०:४८

काठमाण्डु, १४ कात्तिक– होटल सोल्टीस्थित क्यासिनो मजदुरहरुको सेवा सुविधाको विषयमा मजदुर र व्यवस्थापनको दुवैको तर्फबाट बहस पैरवीमा सहभागी भएका अधिवक्ताहरुविरुद्ध नेपाल कानुुन व्यवसायी परिषद्, ललितपुरमा मजदुरहरले उजुरी गरेका छन् । होटल सोल्टीस्थित क्यासिनोका ३९ जना कर्मचारीहरुले बिहीबार अधिवक्ता रमेश बडाल, विदुरप्रसाद ढुंगाना, भोजराज आचार्य...

एमाले आक्रमणमा ६ माओवादी कार्यकर्ता घाइते

२०७० कार्तिक १४ गते ९:५५

बाजुरा, १४ कात्तिक– बाजुराको कोटिला गाविसमा एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । एमाओवादी नेता डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रममा गइरहेका बेला एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि झडप भएको हो । एमाले कार्यकर्ताको ढुंगामुढाबाट एकीकृत माओवादीका ६ जना कार्यकर्ता घाइते भएका छन्...

एमालेलाई बिरोधीको खतरा नरहेको खनालको स्पष्टोक्ति

२०७० कार्तिक १४ गते ९:३०

इलाम, १४ कात्तिक– एमाले अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले चुनाव विरोधी समूहबाट आफूहरूलाई कुनै पनि खतरा नभएको बताएका छन् । सबै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको परिचालन चुस्त गतिमा भइरहेको बताउँदै कसैसँग नडराई निर्वाचन प्रक्रियामा सामेल हुन समेत उनले आग्रह गरे...

मोटरसाइकलमा तीन जना चढेपछि प्रहरी र फोरम कार्यकर्ताबीच झडप

२०७० कार्तिक १४ गते ९:१७

सप्तरी, १४ कात्तिक– मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ता र प्रहरीबीच बिहिबार राजविराजमा झडप भएको छ । चुनाव प्रचारप्रसारमा गइरहेको बेला प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि झडप भएको फोरम नेपालको दावी छ । झडपका क्रममा प्रहरीले फोरमका केन्द्रीय कोषाध्यक्ष तथा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार...

मतदानका लागि सुरक्षाको प्रत्याभुति चाहियो

२०७० कार्तिक १४ गते ६:५९

काठमाण्डु, १४ कात्तिक–प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी मंसिर ४ गतेको चुनाव चुनौतिपूर्ण रहेको बताएका छन् । उनले सरकारलाई प्रर्याप्त शान्ति सुरक्षाको प्रवन्ध मिलाउन पनि आग्रह गरे । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक)ले विहीबार काठमाण्डुमा गरेको अभिमुखीकरण कार्यक्रममा उप्रेतीले भने, ‘केही समूह निर्वाचनबाट बाहिर...

संबिधानसभाको परिणामप्रति यादव सशंकित

२०७० कार्तिक १४ गते ६:४९

काठमाण्डु, १४ कात्तिक–मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा चुनावले सकारात्मक परिणाम दिनेमा नेपाली नागरिकबीच शंका कायमै रहेको दावी गरेका छन् । देशभर चुनावको वातावरण बनिरहेकोबेला अब चुनाव हुन्छ भन्नेमा जनता ढुक्क भए पनि यसले सकारात्मक परिणाम देला भन्नेमा विश्वस्त भैनसकेको उनको भनाइ...

निर्वाचन आयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग : प्रचण्डको निजी सचिवालय

२०७० कार्तिक १४ गते ६:३१

काठमाण्डु, १४ कात्तिक–एकीकृत माओवादीले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग गरेको स्पष्ट पारेको छ । निर्वाचन आयोगसँग अनुमति लिएर हेलिकोप्टर प्रयोग गरेकोले चुनावी आचार संहिता उल्लंघन नगरेको एमाओवादीको भनाई छ । ‘हामीले निर्वाचन अयोगको अनुमतिमा हेलिकोप्टर प्रयोग गरेका हौं,’...

अपडेट:निर्वाचन आयोगको वेबसाइट ह्याकरबाट मुक्त

२०७० कार्तिक १४ गते ४:५९

काठमाण्डु, १४ कात्तिक–निर्वाचन आयोगको वेबसाइट ह्याकरबाट मुक्त भएको छ । आयोगका प्रवक्ता बीरबहादुर राईले सूचना प्रविधि महाशाखाको पहलमा ह्याकरबाट वेबसाइट मुक्त गराएको जानकारी दिए । आयोगको बेबसाइट www.election.gov.np ह्याक भएको थियो । सो वेबसाइट खोल्दा ‘मुस्लिम साइबर आर्मी’, ‘अल बङ्गलादेशी ह्याकर्स’ लगायतको नाम देखिन्थ्यो...

अपडेट:पारसलाई गोली हानेको विरोधमा धरान बन्द

२०७० कार्तिक १४ गते ४:५८

सुनसरी, १४ कात्तिक– आफ्ना नेतालाई गोली हान्ने एमाले कार्यकर्तालाई कारवाही गर्न माग गर्दै संघीय समाजवादी पार्टीले धरान बजार बन्द गराएको छ । संघीय समाजवादी पार्टीका सुनसरी उपाध्यक्ष पारस काङमाङ राईमाथि विहीबार विहान एमाले युवा संघका धरान नगर इन्चार्ज दिवस राईले गोली हानेका थिए ।...

साहित्यकार जगदीश घिमिरेको निधन

२०७० कार्तिक १४ गते ४:५७

काठमाण्डु, १४ कात्तिक–रक्त क्यान्सरबाट लामो समयदेखि पीडित साहित्यकार जगदीश घिमिरेको ६८ बर्षको उमेरमा विहीबार विहान निधन भएको छ । काठमाण्डुको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा विहान चार बजे उनको निधन भएको हो । उनको विहीबारै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । ‘माइलोमा’ भन्ने रक्त...

पेटबाट निकालियो दस किलोको ट्युमर

२०७० कार्तिक १४ गते ४:५६

चितवन, १४ कात्तिक–नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा एक महिलाको पाठेघरबाट १० किलोको ट्युमर निकालिएको छ । लमजुङको गाउँसहर गाविस–३ बस्ने ५२ वर्षीया बालकुमारी कुँवरको पाठेघरको शल्यक्रिया गरी बुधबार साँझ सो ट्युमर निकालिएको हो । मंगलबारदेखि पेट फुलेको भन्दै उपचारका लागि कुँवर अस्पताल आएकी थिइन्...

पत्रकार बस्ताकोटी कुटिए

२०७० कार्तिक १४ गते ४:४१

काठमाण्डु, १४ कात्तिक–क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य चन्द्रेश्वर बस्ताकोटीमाथि मुस्ताङका एमाले कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका छन् । मुस्ताङको लेते गाविसको घासामा बुधबार साँझ उनीमाथि आक्रमण भएको हो । आक्रमणकारीले ‘एमालेका पूर्वसभासद र अन्य नेता एमाओवादीमा प्रवेश गरेको समाचार लेख्ने तँ होइनस्’ भन्दै कुटपीट गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us