संबिधानसभाको परिणामप्रति यादव सशंकित

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ६:४९ मा प्रकाशित

upendra-yadav_20110506084356काठमाण्डु, १४ कात्तिक–मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा चुनावले सकारात्मक परिणाम दिनेमा नेपाली नागरिकबीच शंका कायमै रहेको दावी गरेका छन् ।

देशभर चुनावको वातावरण बनिरहेकोबेला अब चुनाव हुन्छ भन्नेमा जनता ढुक्क भए पनि यसले सकारात्मक परिणाम देला भन्नेमा विश्वस्त भैनसकेको उनको भनाइ छ ।

‘निर्वाचन हुनेमा अब जनता ढुक्क भए तापनि यसले सकारात्मक परिणाम देला भन्नेमा जनता अझै विश्वस्त भैसकेका छैनन्,’ राष्ट्रिय समाचार समितिसँग विहीबार विहान कुरा गर्दै उनले भने, ‘सबै राजनीतिक दलले जनताको आशंका हटाउन जरुरी छ ।’

उनले शान्ति सुरक्षाको पाटोलाई अझ सुदृढ तुल्याउन सरकारलाई सुझाव समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us