पोखरा, १५ कात्तिक–मङ्सिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा अन्य पार्टीका उम्मेदवारहरु पनि प्रतिस्पर्धामा भए पनि प्रतिस्पर्धा भने तीन दलबीच हुने देखिएको छ । नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा,...
सुर्खेत, १५ कात्तिक–सुर्खेतको वीरेद्रनगर–६ वीरेन्द्रचोकमा शुक्रबार विहान फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ । कालीदल गण सुर्खेतको टोलीले बम निष्कृय पारेको हो । सदरमुकामको मुख्य चोकमा कागजमा पोको पारेर राखिएको अवस्थामा दुईवटा बम फेला परेका थिए । बम देखेपछि आतंकित भएका स्थानीयले...
काठमाण्डु, १५ कात्तिक–समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा शुक्रबार धन्वन्तरी दिवस मनाइँदै छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा...
काठमाण्डु, १५ कात्तिक–मोरङ, सुनसरी र प्युठानमा एकीकृत नेकपा माओवादीका तीन उम्मेदवारको गाडी अज्ञात समूहले जलाएको छ । मोरङ क्षेत्रनम्बर ८ का एमाओवादी उम्मेदवार गोपी अछामीको को १ च ६२७० नम्बरको गाडीमा आगजनी भएको छ । विराटनगरको विराटचोकमा पार्किङ गरि राखिएको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर...
रुकुम–नेपाली काँग्रेसका कार्यकर्ताहरुले रुकुमको चौरजहारीमा एक पत्रकारलाई बेहोस हुनेगरी कुटेका छन् । उनीहरुले रेडियो सानोभेरीका संवाददाता शेर प्रसाद ढकाललाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरी कुटेका हुन् । पत्रकार ढकालको अहिले अचेत अवस्थामा चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । निर्वाचन आचारसंहिता विपरित बिहिवार दिउसो साढे...
काठमाण्डु–प्रहरी नायव महानिरीक्षक (डिआइजी)उपेन्द्रकान्त अर्यालय अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको ६ घण्टा लामो बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले एआजी विनोद सिंहले अवकाश पाएपछि रिक्त रहेको पदमा अर्याललाई बढुवा गरेको हो । पूर्वाञ्चल प्रहरी...
काठमाण्डु, १४ कात्तिक– विदेशमा रहेका नेपालीहरुले पनि संविधानसभा निर्वाचनमा मताधिकार पाउन माग गर्दै दायर एक रिट निवेदनमा विहिबार सर्वोच्च अदालतले सरकार तथा निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले जारी गरेको सो आदेशमा १५ दिनभित्र लिखित...
काठमाण्डु, १४ कात्तिक– निर्वाचन आयोगले राजाधानीका विभिन्न स्थानमा आचारसँहिता विपरितका काम भइरहेको जनाएको छ । आयोगका कर्मचारी र प्रहरीले बुधबार काठमाण्डु र भक्तपुरका विभिन्न स्थानमा गरेको अनुमगमनका क्रममा आचारसँहिता विपरितका काम भइरहेको जनाएको हो । काठमाण्डुको केशर पुस्तकालय, लैनचौर, लाजिम्पाट, चावहिल गोपीकृष्ण, मित्रपार्क, पशुपति...
काठमाण्डु, १४ कात्तिक– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाण्डुमा विस्तारित सडक निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले सम्बद्ध मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहिबार भएको बैठकमा सो निर्देशन दिर्एका हुन् । बैठकमा...
काठमाण्डु, १४ कात्तिक– युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयु ईओएम) नेपालकी प्रमुख पर्यवेक्षक इभा जोलीले आउँदो संविधानसभाको निर्वाचन नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण कदम रहेको बताएका छन् । नेपालको तीन दिने भ्रमणपछि एक वक्तव्य जारी गर्दै जोलीले भनेका छन्, ‘लोकतान्त्रिक विकासको महत्वपूर्ण कदम रहेको यस...
नेपालगञ्ज, १४ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आफ्ना पार्टीको चुनाव प्रचार अभियानमा अवरोध पुर्याइएको भन्दै त्यसो नगर्न एकीकृत माओवादी नेतृत्वलाई आग्रह गरेका छन् । नेपालगञ्जको वीपी चोकमा बिहीबार भएको कोणसभामा कोइरालाले माओवादी गतिविधिले दलहरुबीच द्वन्द्वको अवस्था निम्तिन सकिने बताए । एमाओवादीका गतिविधिले ऊ निर्वाचन...
बुटवल, १४ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनतालाई तर्साएर मताधिकारबाट वञ्चित गराउन नपाइने बताएका छन् । निर्वाचनमा भाग लिने र नलिने राजनीतिक अधिकार जनतामा सुरक्षित रहेकाले तर्साएर वञ्चित गराउन नपाउने बताएका हुन् । संविधानसभा निर्वाचन बहिष्कार गर्नेहरु उद्देश्यविहीन भएको भन्दै विजुक्छेले...