समाचार

बिरोधीलाई सहमतिमा नल्याई चुनाव गर्दा द्धन्द्ध निम्तिन सक्ने सुरक्षा परिषदको सुझाव

२०७० कार्तिक १६ गते २:२८

काठमाण्डु १६ कात्तिक–सुरक्षा परिषदले सबैलाई मान्य हुने समाधानपछि निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । निर्वाचन पूर्व नै नेकपा–माओवादीसहित बहिस्कार अभियान सञ्चालन गरिरहेका राजनीतिक दलसँग सहमति गर्न नसके मुलुक द्धन्द्धमा जाने बिश्लेषण सहितको प्रतिवेदन सुरक्षा परिषदले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई कात्तिक १३ गते बुझाएको...

अपाङ्ग महासङ्घले १७ जिल्लामा चुनाव अनुगमन गर्ने

२०७० कार्तिक १६ गते २:२५

काठमाण्डु, १६ कात्तिक–राष्ट्रिय अपाङ्ग महासङ्घले अर्काे संविधानसभा सदस्य निर्वाचनमा १७ जिल्लामा अनुगमन गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिका लागि निर्वाचन आयोगले अपाङ्गमैत्री मतदान केन्द्रको स्थापना गरेसँगै अपाङ्गता भएका व्यक्तिलाई कत्तिको सहज हुनेछ भनेर अनुगमन गरिन लागेको महासङ्घका महासचिव टीका दाहालले जानकारी दिए ।...

चुनाव संबिधानसभाको,बहस बिकासको

२०७० कार्तिक १६ गते १:४७

झापा, १६ कात्तिक-अघिल्लोको तुलनामा अर्काे संविधानसभा सदस्यको चुनावमा जनउत्साह न्यून भएको यहाँका पत्रकारले बताएका छन् । बिर्तामोडबाट प्रकाशन हुने ‘पूर्वाञ्चल’ दैनिकका प्रधानसम्पादक मदन ढकालले यसपालिको चुनावमा राजनीतिक दलका नेता र कार्यकर्ता मात्र तातिएको प्रतिक्रिया दिए । चुनावमा मत माग्न उम्मेदवारसँग दलका नेता तथा कार्यकर्ताको...

तिहारको दोस्रो दिन आज कुकुर तिहार

२०७० कार्तिक १६ गते १:२७

काठमाण्डु, १६ कात्तिक–आज कुकुर तिहार । सबैै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ...

‘माओवादी,काँग्रेस र एमाले मिलेर चुनाव बिथोल्ने षडयन्त्र’

२०७० कार्तिक १५ गते १७:०९

पोखरा,कात्तिक –एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र नेकपा–माओवादी मिलेर मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन बिथोल्न खोजेको आरोप लगाएका छन । चुनावी अभियानका लागि मुलुकका बिभिन्न जिल्ला पुगेका प्रचण्डले गोरखा पुगेर त्यस्तो आरोप लगाएका हुन । एमाओवादी गोरखाले शुक्रवार आयोजना गरेको चुनाबी...

‘दशवर्षको शत्रुलाई राष्ट्रवादी देख्नु रतन्धो’

२०७० कार्तिक १५ गते १४:४१

म्याग्दी, १५ कात्तिक– एमाओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले दशवर्ष जसलाई प्रधान दुश्मन मानेर लडियो आज उनिहरुलाई नै राष्ट्रवादी देख्नु रतन्धोको संकेत भएको बताएका छन् । शुक्रवार म्याग्दीको अर्थुँगे गाविसमा भएको जनसभालाई सम्बोधन गर्ने क्रममा वैद्य माओवादी तिर संकेत गर्दै उनीहरुलाई रतन्धो भएका विष्टले...

कार्यकारी राष्ट्रपति तानाशाह हुन्छःनेपाल

२०७० कार्तिक १५ गते १४:११

गौर, १५ कात्तिक– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपले तानाशाह जन्माउन सक्ने जिकिर गरेका छन् । उनले राष्ट्रपति कार्यकारी हुने प्रणालीले तानाशाह जन्माउन सक्ने हुँदा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नेपालको विविधताको प्रतिनिधित्व गर्ने राष्ट्रपतिसहितको शासकीय स्वरुपलाई...

सोसल नेटवर्कमा हाइ प्रोफाइल नेताका ‘इलेक्सन स्टन्ट’

२०७० कार्तिक १५ गते १४:०७

काठमाण्डु,कात्तिक– समयको परिवर्तनसँगै निर्वाचन प्रचारप्रसारको तौरतरिकामा पनि परिवर्तन आएको छ । समयको परिवर्तनसँगै विज्ञान प्रविधिको उच्चतम विकास भएको सन्दर्भमा परम्परागत तरिकाले गरिने चुनाव प्रचारको तरिकामा समेत परिवर्तन देखिएको हो । विगतमा पर्चा, पम्पलेट, तुल, व्यानरमा सीमित भएका राजनीतिक दलहरुले यतिबेला फेसबुक, ट्विटरलगायत विभिन्न सोसल...

राष्ट्रकविले हिमाल शर्मालाई भनेः ‘तिमीले जित्छौ ढुक्क हौ’

२०७० कार्तिक १५ गते १२:४१

काठमाण्डु, १५ कात्तिक– राष्ट्रकवि माधवप्रसाद घिमिरेले एकीकृत माओवादीका उम्मेदवार हिमाल शर्मालाई चुनावी विजयको अग्रिम बधाई दिएका छन् । चुनावी अभियानका क्रममा राष्ट्रकवि निवास पुगेका शर्मालाई राष्ट्रकवि घिमिरेले भने, ‘तिमिले जित्छौ ढुक्क हौ ।’ चुनावी प्रचारको क्रममा आफ्नो क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा...

कान समाएर माफी मागिन् हिसिलाले

२०७० कार्तिक १५ गते १२:२७

काठमाण्डु, १५ कात्तिक – एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले जनतासामु कान समाएर माफी मागेकी छन् । चुनावी प्रचार—प्रसारका क्रममा काठमाडौं क्षेत्र नं ७ को तीनधारे पुगेकी नेतृ यमीले आफ्नो पहिलो कार्यकालमा तीनधारे क्षेत्रमा विकास गर्न नसकेकामा जनतासामु कान समाएर माफी मागेकी हुन्  ।...

बेलायतले ६ दिनमै भिसा दिने

२०७० कार्तिक १५ गते १२:२२

काठमाण्डु, १५ कात्तिक– बेलायत सरकारले नेपाली यात्रीलाई लक्ष्य गरी प्राथमिकता प्रवेशाज्ञा (भिसा) सेवा सुरु गरेको छ । बेलायती गृहमन्त्रालयले प्राप्त आवेदन अध्ययन गरी छ दिनभित्र प्रवेशाज्ञा उपलब्ध गराउने दूतावासले बताएको छ । अतिरिक्त शुल्क तिरेर बेलायत जान चाहने नेपालीले प्रवेशाज्ञाका लागि आवेदन गर्न सक्ने...

ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

२०७० कार्तिक १५ गते १२:०९

सिन्धुली, १५ कात्तिक–सिन्धुलीको क्यानेश्वरमा ट्याक्टर दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुली क्यानेश्वरका ६५ वर्षीय काजी थिङ, सोही ठाउँकी ४५ वर्षीया फुलमाया थिङ, १८ बर्षीया माईली थिङ, २६ वर्षीय प्रदीप स्याङ्तान र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us