ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १२:०९ मा प्रकाशित

sindhuli-Mapसिन्धुली, १५ कात्तिक–सिन्धुलीको क्यानेश्वरमा ट्याक्टर दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली क्यानेश्वरका ६५ वर्षीय काजी थिङ, सोही ठाउँकी ४५ वर्षीया फुलमाया थिङ, १८ बर्षीया माईली थिङ, २६ वर्षीय प्रदीप स्याङ्तान र सर्लाही बाहुनेका १८ वर्षीय बिशाल बिलुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाईते भएकाहरुको जिवन अस्पताल सर्लाहीमा उपचार भईरहेको छ ।

विहीबार राती ९ वजे सर्लाहीको हरीवनबाट सिन्धुलीको क्यानेश्वरतर्फ आउँदै गरेको लु १ त ७३०१ नम्बरको ट्याक्टर तिव्र गतिका कारण अनियन्त्रीत भई सडकबाट करीब ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरी चौकी क्यानेश्वरले जनाएको छ ।

यसैबीच भक्तपुरको जगातीमा बसको ठक्करबाट साईकल यात्री गम्भीर घाईते भएका छन् । विहीबार बेलुकी साढे ६ बजे काभ्रेबाट भक्तपुुर तर्फ आउँदै गरेको बा २ ख ५०५१ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ४७ बर्षीय कृष्णभक्त बाग घाइते भएका हुन् ।

गम्भीर घाईते कृष्णभक्तलाई थप उपचारको लागि वि एण्ड वि अस्पताल ग्वार्को पठाईएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us