‘दशवर्षको शत्रुलाई राष्ट्रवादी देख्नु रतन्धो’

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १४:४१ मा प्रकाशित

lokendra bista magarम्याग्दी, १५ कात्तिक– एमाओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले दशवर्ष जसलाई प्रधान दुश्मन मानेर लडियो आज उनिहरुलाई नै राष्ट्रवादी देख्नु रतन्धोको संकेत भएको बताएका छन् ।

शुक्रवार म्याग्दीको अर्थुँगे गाविसमा भएको जनसभालाई सम्बोधन गर्ने क्रममा वैद्य माओवादी तिर संकेत गर्दै उनीहरुलाई रतन्धो भएका विष्टले व्यंग्य गरका हुन् । २०४७ सालकै जस्तो संविधान बनाउन जनयुद्ध र जनआन्दोलन नभएको भन्दै विष्टले पहिलो संविधानसभावाट आफ्नो पार्टीले पहिचान र संघियतासहितको संविधान बनाउन खोजेको भएपनि कांग्रेस र एमालले बनाउन नदिएको उल्लेख गरे ।

पह“ुचका आधारमा राजनीती र राज्य सञ्चालन गर्ने अवधारणाको अन्त्य गर्न आफ्नो पार्टीले धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक प्रतिनिधित्वको नारा ल्याएको भन्दै विष्टले आफ्नो पार्टीलाई दुई तिहाई मत नदिएमा जनताको संविधान नबन्ने ठोकुवा समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us