निजगढ, १७ कात्तिक–बाराको डुमरवानामा भारतीय नम्बर प्लेटको जीप र ट्याक्टर आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । डुमरवानाको सोह्रकिलो भन्ने स्थानमा ना ४ त ५७५७ नम्वरको ट्याक्टरसँग गएराती साढे १० बजे ठोक्किएर भारतीय जीपमा सवार बारा सिमराका कृषि...
दार्चुला, १७ कात्तिक–दार्चुलामा राजनीतिक दलका उम्मेदवारहरु सवारी साधन दर्ता नगरी आचारसंहिता विपरीत संविधानसभा निर्वाचनको चुनावी प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर पार्टीको प्रचारप्रसारका लागि हलुका सवारी साधन चलाउन पाउने निर्वाचन आयोगको आचारसंहिता विपरीत दार्चुलाका उम्मेदारले सवारी साधन प्रयोगमा ल्याएका हुन् ।...
सोलुखुम्बु, १७ कात्तिक–हिमाली जिल्ला सोलुखुम्बुमा पाँच वर्षपछि सयपत्री फूल फूलेको छ । बितेका चार वटा तिहारमा सयपत्री फूल नहुँदा भाइटीकाको दिन भाइ पुज्नसमेत नपाएका सोलुवासीले यस वर्षको तिहारमा सयपत्रीको फूलको मालाले घरका झ्याल ढोकामा समेत झकिझकाउ बनाउन पाएका छन् । सयपत्री फूलको बोट कुहिने...
सङ्खुवासभा, १७ कात्तिक –आसन्न संविधानसभा चुनावमा पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको दुवै निर्वाचन क्षेत्रमा प्रमुख तीन दलले आफूले नै जित्ने दाबी गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको सङ्खुवासभा जिल्लामा क्षेत्र नं १ मा १८ दल र क्षेत्र नं २ मा १३ दल चुनावी...
भक्तपुर, १७ कात्तिक– एकीकृत नेकपा माओवादी भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार देवी प्रसाद ढकालको चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको गाडी अज्ञात समूहले तोडफोड गरेको छ । चुनाव प्रचार प्रसारका लागि माइक जडान भएको बा ३ च २२०१ नम्बरको गाडीमा भक्तपुरको व्यासीमा शनिबार...
काठमाण्डु, १७ कात्तिक–बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभित्र कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाण्डुको डिल्लीबजारमा भएको थियो ।...
पाँचथर, १६ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्मलाई समेटेर लैजाने जिकिर गरेका छन् । उनले आफ्नो पार्टीलाई स्थापित गराए राजा र माओवादी दुबैलाई मिलाएर देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने जिकिर गरेका हुन् । उनले राप्रपा नेपाललाई मत दिएर स्थापित गराए...
जनकपुरधाम, १६ कात्तिक– विगतमा लामो समयदेखि सशस्त्र समूहका नाममा आतङ्क सिर्जना, हत्या, अपहरणजस्ता आपराधिक कार्यमा संलग्न अजय मुक्ति भनिने दीपककुमार सिंहलाई पक्राउ गरिएको छ । यसअघि उनले २०६३ सालमा भारतमा पनि अपहरण मुद्दामा एक वर्षभन्दा अधिक समय जेल सजाय भोगिसकेका छन् । महोत्तरी जिल्ला...
काठमाण्डु, १६ कात्तिक– निर्वाचन प्रचारप्रसारका क्रममा मुलुकका केही भागमा छिटपुट घटना भएपनि तोकिएको मितिमा संविधानसभाको चुनाव भएरै छाड्ने एनेकपा माओवादीले जनाएको छ । एमाओवादी केन्द्रीय कार्यालयमा शनिबार अपराह्न भएको नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सुरक्षा कमजोरीका कारण केही स्थानमा उम्मेदवारका सवारीसाधन आगजनी...
धनगढी, १६ कात्तिक– पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका नेताहरु सहमत भए संविधानसभामा मनोनित सभासद बनाउने बताएका छन् । चुनावी अभियानका क्रममा कैलालीमा देउवाले भने, ‘उहाँहरु सहमत भएमा मन्त्रिपरिषद्ले संविधानसभामा मनोनित गर्ने सभासद पद दिएर भए पनि सहमतिका साथ अघि...
म्याग्दी, १६ कात्तिक– एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं म्याग्दीका उम्मेदवार लोकेन्द्र बिष्टमगरले काठमाण्डु र सिंहदरवारमा केन्द्रित राज्यशक्ति जनतामा ल्याउन संघीयता अपरिहार्य भएको बताएका छन् । म्याग्दीको पुलाचौर ४ मा शनिबार एकीकृत माओवादीको आमसभामा बोल्दै बिष्टले सिंहदरवार र काठमाण्डुले सितिमिति जनताको कुरा नसुन्दा केन्द्रको...
काठमाण्डु,कात्तिक– संयुक्त राष्ट्रसङ्घका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले नेकपा–माओवादीलाई निर्वाचन बहिष्कारै गरे पनि शान्तिपूर्वक गर्न आग्रह गरेका छन् । सकेसम्म संविधानसभाको निर्वाचनमा सहयोग पुर्याउन भन्दै उनले नसके शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका हुन् । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच समसामयिक विषयमा भेटवार्ता गर्दै समन्वयकर्ता म्याकगोल्डरिकले माओवादीको...