जीप र ट्याक्टर ठोक्किदा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:३० मा प्रकाशित

निजगढ, १७ कात्तिक–बाराको डुमरवानामा भारतीय नम्बर प्लेटको जीप र ट्याक्टर आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

डुमरवानाको सोह्रकिलो भन्ने स्थानमा ना ४ त ५७५७ नम्वरको ट्याक्टरसँग गएराती साढे १० बजे ठोक्किएर भारतीय जीपमा सवार बारा सिमराका कृषि अधिकारीको मृत्यु भएको हो । उनको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये सिमराका ३६ वर्षीय दिलीप नेपालको अवस्था गम्भीर छ । घाईतेहरु सबैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भईरहेको छ ।

दुबै सवारी साधन र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us