बेलायतले ६ दिनमै भिसा दिने

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १२:२२ मा प्रकाशित

british ammbasy nepalकाठमाण्डु, १५ कात्तिक– बेलायत सरकारले नेपाली यात्रीलाई लक्ष्य गरी प्राथमिकता प्रवेशाज्ञा (भिसा) सेवा सुरु गरेको छ । बेलायती गृहमन्त्रालयले प्राप्त आवेदन अध्ययन गरी छ दिनभित्र प्रवेशाज्ञा उपलब्ध गराउने दूतावासले बताएको छ ।

अतिरिक्त शुल्क तिरेर बेलायत जान चाहने नेपालीले प्रवेशाज्ञाका लागि आवेदन गर्न सक्ने बेलायती दूतावासले विज्ञप्तीमार्फत जनाएको छ । उक्त सेवाअन्तर्गत आवेदन गर्ने सबैले प्रवेशाज्ञा पाउने सुनिश्चिता भने नभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

यही कात्तिक २० गतेदेखि लागु हुने प्राथमिकता सेवाअन्तर्गत प्रवेशाज्ञा प्राप्त गर्न चाहनेले अतिरिक्त शुल्क सात हजार रुपैयाँ तिर्नुपर्नेछ । बितेका पाँच वर्षमा बिनाकुनै समस्या बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा वा सेन्जेन मुलुकको यात्रा गरेकाहरुले सो सेवाका निम्ति आवेदन गर्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us