कार्यकारी राष्ट्रपति तानाशाह हुन्छःनेपाल

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १४:११ मा प्रकाशित

Madhav-Kumar-nepalगौर, १५ कात्तिक– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपले तानाशाह जन्माउन सक्ने जिकिर गरेका छन् ।

उनले राष्ट्रपति कार्यकारी हुने प्रणालीले तानाशाह जन्माउन सक्ने हुँदा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नेपालको विविधताको प्रतिनिधित्व गर्ने राष्ट्रपतिसहितको शासकीय स्वरुपलाई अङ्गीकार गरेको बताए ।

रौतहटको निर्वाचन क्षेत्र नं १ अन्तर्गत गौर नगरपालिका–१२ महादेवपट्टिमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले मधेसमै हुर्किएको हुँदा आफू मधेसको छोरा भएको र मधेसको विकासका लागि सधैँ प्रतिबद्ध रहिआएको बताए ।

नेता नेपालले एमाओवादीले भन्दै आएको सङ्घीयताले देश टुक्रयाउने र नेपालीलाई आपसमा लडाउने जिकिर गर्दै आदिवासी जनजाति, मधेसी, उत्पीडित, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रलगायत सबैलाई समेट्ने बहुपहिचानसहितको सङ्घीयता मुलुकका लागि आवश्यक रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us