बेहोस हुने गरी पत्रकार कुटिए

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १८:१८ मा प्रकाशित

रुकुम–नेपाली काँग्रेसका कार्यकर्ताहरुले रुकुमको चौरजहारीमा एक पत्रकारलाई बेहोस हुनेगरी कुटेका छन् ।
उनीहरुले रेडियो सानोभेरीका संवाददाता शेर प्रसाद ढकाललाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरी कुटेका हुन् । पत्रकार ढकालको अहिले अचेत अवस्थामा चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
निर्वाचन आचारसंहिता विपरित बिहिवार दिउसो साढे ४ बजे शितल उच्च माध्यामिक विद्यालय चौरजहारीको प्राङ्गनमा आयोजित चुनावी सभामा मञ्चमा आसन ग्रहण गराइएका पत्रकार ढकाललाई भरत भण्डारी, जेके बाँठा लगायतका काँग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका हुन् । आफ्नो पक्षमा हुनेगरी समाचार नलेखेको आरोपमा उनीहरुले पत्रकार ढकाललाई कुटपिट गरेको रेडियो सानोभेरी रुकुमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us