
सुर्खेत, १५ कात्तिक–सुर्खेतको वीरेद्रनगर–६ वीरेन्द्रचोकमा शुक्रबार विहान फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ । कालीदल गण सुर्खेतको टोलीले बम निष्कृय पारेको हो ।
सदरमुकामको मुख्य चोकमा कागजमा पोको पारेर राखिएको अवस्थामा दुईवटा बम फेला परेका थिए । बम देखेपछि आतंकित भएका स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । बम राख्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ ।
एकीकृत माओवादीको चुनावी सभालाई प्रभावित पार्ने उद्देश्यले बम राखिएको हुनसक्ने अनुमान गरिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराईदगायतले सम्वोधन गर्ने सभालाई प्रभावित पार्न मोहन वैद्य नेतृत्वको माओवादीले शुक्रबार बन्द आह्वानसमेत गरेको छ ।