डिआइजी अर्याल एआइजीमा बढुवा,पार्वती थापा निराश

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १८:१४ मा प्रकाशित

काठमाण्डु–प्रहरी नायव महानिरीक्षक (डिआइजी)उपेन्द्रकान्त अर्यालय अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको ६ घण्टा लामो बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले एआजी विनोद सिंहले अवकाश पाएपछि रिक्त रहेको पदमा अर्याललाई बढुवा गरेको हो । पूर्वाञ्चल प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका अर्याललाई सरकारले बढुवासँगै प्रहरी प्रधान कार्यालयमा पदस्थापन पनि गरेको छ । Upendra
आगामी कात्तिक २९ गते प्रहरी महानिरीक्षक कुवेर रानाको पदावधि सकिदैछ । त्यतिवेला एआइजीहरु नवराज ढकाल,भिष्म प्रसाई,गंगा पाण्डे पुष्कल रेग्मी र दिनकर शम्शेर राणाले पनि अवकाश पाउँदैछन । उनीहरुको म्याद नथपिएको अवस्थामा अर्याललाई प्रहरी प्रमुख बन्ने बाटो खुल्न सक्छ । महिला अगुवाहरुले पार्वती थापालाई एआइजीमा बढुवा गरी प्रहरी प्रमुख बनाउन अभियान सञ्चालन गर्दै आएका थिए । थापाको बढुवा नभएपछि ती अभियानकारी निराश भएका छन । उनीहरुले नेपालको इतिहासमै पहिलो पटक महिला प्रहरी प्रमुख हुने अवसर आएको भन्दै नेताहरु समक्ष लविङ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us