आज धनवन्तरी दिवस

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते २:०२ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक–समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा शुक्रबार धन्वन्तरी दिवस मनाइँदै छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरेका छन् ।

आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवीको स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विक्रम संवत् २०५६ सालदेखि मनाउन थालिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us