
काठमाण्डु, १४ कात्तिक–निर्वाचन आयोगको वेबसाइट ह्याकरबाट मुक्त भएको छ । आयोगका प्रवक्ता बीरबहादुर राईले सूचना प्रविधि महाशाखाको पहलमा ह्याकरबाट वेबसाइट मुक्त गराएको जानकारी दिए ।
आयोगको बेबसाइट www.election.gov.np ह्याक भएको थियो । सो वेबसाइट खोल्दा ‘मुस्लिम साइबर आर्मी’, ‘अल बङ्गलादेशी ह्याकर्स’ लगायतको नाम देखिन्थ्यो । दोस्रो संविधानसभा चुनाव नजिकिदै गर्दा चुनाव गराउने महत्वपूर्ण निकाय निर्वाचन आयोगको वेबसाइट नै ह्याक हुनुलाई गम्भीर मानिएको छ । ह्याक भएपछि महत्वूर्ण सूचनाहरु चुहिने गर्दछन् ।
यसअघि पनि नेपाल सरकारका बिभिन्न वेबसाइटहरु ह्याक भएका थिए । नेपालको साइबर सुरक्षा प्रणाली कति कमजोर छ भन्ने कुरालाई यसले पुष्टि गरेको छ ।