वैद्य माओवादी पनि एमाओवादीको प्रचारमा

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ४:२१ मा प्रकाशित

जाजरकोट, १४ कात्तिक–वैद्य नेतृत्वको नेकपा–माओवादीका केही नेता तथा कार्यकर्ता निर्वाचन बहिष्कारमा छन् भने केही एकीकृत नेकपा माओवादी जाजरकोट क्षेत्र नं. १ का उम्मेदवार शक्तिबहादुर बस्नेतको प्रचारमा लागेका छन् ।

नेकपा–माओवादी बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रणबहादुर कार्की, नागरिक अगुवा राजेन्द्रविक्रम शाह लगायतका १२ जनाभन्दा बढी कार्यकर्ता जाजरकोट क्षेत्र नं. १ का एनेकपा माओवादीका उम्मेदवार बस्नेतको प्रचारप्रसारमा लागेका हुन् ।

आफ्नो पार्टीले चुनाव बहिष्कारको नीति लिए पनि जाजरकोटबाट बस्नेतको हार भएमा जाजरकोटी जनताको ठूलो क्षति हुने भन्दै आफूहरु प्रचारप्रसारमा लागेको कार्की बताउँछन् । प्रचारप्रसारमा लाग्ने कार्यकर्ता सबै सदरमुकामवासी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us