काँग्रेस उपसभापति पौडेलको गाडीमा बम प्रहार

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ३:०६ मा प्रकाशित

तनहुँ, १४ कात्तिक– काँग्रेस उपसभापति एवम् तनहुँ–२ का उम्मेदवार रामचन्द्र पौडेलले चुनाव प्रचार–प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहबाट बम Ramchandra-Paudelप्रहार भएको छ ।
चुनावी अभियानका क्रममा जिल्लाको रामजाकोट पुगेका पौडेल स्थानीय काँग्रेस कार्यकर्ता गोविन्द गिरीको घरमा बास बसेका बेला राति करिब १ बजेको समयमा पार्किङ गरेर राखिएको बा ५ च ७५५ नम्बरको गाडीमा पेट्रोल बम प्रहार भएको हो ।

बम लागेर पौडेलको गाडीको सिसा फुटेको छ । घटनापछि सुरक्षामा रहेका प्रहरीले प्रतिकार गर्न खोज्दा आक्रमणकारी भागेका थिए । घटनास्थलबाट नपड्किएका चार वटा पेट्रोल बम फेला परेका तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले जानकारी दिए ।

घटनामा निर्वाचन बहिस्कार अभियानमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको संलग्नता रहेको आशंका प्रहरीको छ । तर वैद्य माओवादीका जिल्ला सचिव अतिन्द्रकेशरी न्यौपानेले घटनामा आफूहरुको संलग्नता नरहेको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us