गोरखा, १३ कात्तिक–गोरखामा काँग्रेस नेता मीनेन्द्र रिजालमाथि अज्ञात समूहले बुधबार आक्रमण गरेको छ । प्रतिरक्षाकालागि प्रहरीले हवाई फायर गरेको छ । गोरखा – १ मा काँग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा धैरुङ बतासेमा रिजालमाथि ढुंगामुढा भएको हो । रिजाललगायत काँग्रेस नेता-कार्यकर्ता भने सुरक्षित...
इलाम, १३ कात्तिक–एकीकृत नेकपा माओवादीका चुनाव प्रचार सामग्री लुटपाटमा संलग्न संघीय लिम्बुवान राज्य परिषदका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्च सम्बद्ध परिषदका दुई कार्यकर्ता इलामको चुलाचुली गाविसबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चुलाचुली १ का विक्रम फागो र पप्पु फागो रहेका...
काठमाण्डु, १३ कात्तिक–राष्ट्रिय मानव अधिकार आयोगमा रिक्त पदाधिकारी नियुक्तिको बिषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक बुधबार पनि बस्दैछ । संविधानसभा निर्वाचनमा मानव अधिकार आयोगको भूमिका झनै प्रभावकारी हुने भएकाले पदाधिकारीविहीन आयोगलाई पुर्णता दिने तयारीमा बैठक बस्न लागेको संचारमन्त्री एवं सरकारका प्रवक्ता माधव पौडेलले जानकारी...
सिन्धुपाल्चोक, १३ कात्तिक– एमालेबाट एकीकृत माओवादी प्रवेश गरेका पूर्वअर्थराज्यमन्त्री डा. लार्केल लामाले एमाले पहिचानसहितको सङ्घीयताविरोधी पार्टी भएकोले आफूले एमाले छाडेको बताएका छन् । ‘पहिचानको मुद्दामा एमाले पूरै विरोधी देखियो, उत्पीडित जातजातिलाई हेर्ने सवालमा पनि खोट देखेपछि मैले एमाले छोडेको हुँ’, लामाले भने । क्षेत्र...
स्याङ्जा, १३ कात्तिक–प्रहरीको गोली लागेर स्याङ्जा चापाकोटका दुईजनाको मृत्यु भएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाउँदा मंगलबार चापाकोटका २१ बर्षीय सूर्य आले र १८ बर्षीय कृष्ण भट्टराईको मृत्यु भएको थियो । उच्चस्तरीय छानविन समिति गठन, मृतकलाई शहिद घोषणा,...
सल्यान, १३ कात्तिक–सल्यानको कपुरकोटमा अरिङ्गालले टाकेर तीनजना विद्यार्थी घाइते भएपछि विद्यालय बन्द गरिएको छ । कालिका मावि कपुरकोटमा बुधबार विहान प्रार्थनाको समयमा लाइन बसेकोबेला अरिङ्गालले टोकेर विद्यार्थी घाइते भएपछि विद्यालय बन्द गरिएको हो । कक्षा ९ की छात्रा मनिसा पुन र कक्षा १० की...
बुटवल, १३ कात्तिक–रुपन्देहीको करौता गाविसमा एक दम्पतिले आफ्नै छोरीको हत्या गरेका छन् । करौता ७ का महेश यादव र उनकी श्रीमतीले १९ बर्षीया छोरी मन्जुलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । मन्जुको चार महिना अघि भारतको महाराजगन्जमा विहे भएको थियो । विहेपछि उनी...
रसुवा, १३ कात्तिक–नाट्यकलाको माध्यमबाट मतदानको महत्व बुझाउने उद्देश्यले आरोहण गुरुकुलको सहकार्यमा सप्तककला केन्द्र नुवाकोटले जिल्लाका विभिन्न भागमा नाटक प्रदर्शन गरेको छ । नाटक समूहका अगुवा दामोदर खतिवडाका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत संविधानसभा निर्वाचनमा मतको महत्व, मतदान हुने समय, मतपत्रको आकार, छाप लगाउने, पट्याउने र...
पुतलीबजार, १३ कात्तिक–सामुदायिक सेवा केन्द्र प्रगतिनगर स्याङ्जाको आयोजनामा भएको स्थानीयवासीको भेलाले तिहारलाई सभ्य र शान्त रुपमा सम्पन्न गर्न सहयोग गर्ने जनाएको छ । भेलाले तिहारको अवसरमा जुवातास खेल्न र पटाका पड्काउन नियन्त्रण गर्ने तथा साँझ ९ बजेदेखि देउसी भैलो खेल्न बन्द गर्ने निर्णय गरेको...
नुवाकोट, १३ कात्तिक–एकीकृत नेकपा माओवादीका ताम्सालिङ राज्य समिति सदस्य अर्जुन न्यौपानेलाई नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन् । पार्टीको काममा नुवाकोटको फिकुर गाविसको सातदोबाटो गइरहेकोबेला नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. तीनका उम्मेदवार बहादुर सिंह तामाङका भतिजा अघम तामाङको नेतृत्वको समूहले न्यौपानेलाई आक्रमण...
घोराही, १३ कात्तिक–नेकपा एमाले दाङ क्षेत्रनम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । चुनाव प्रचार प्रसारमा चौधरीले प्रयोग गर्दै आएको रा १ ज ३६५ नम्बरको गाडिमा मंगलबार राती आगजनी भएको हो । चौधरीकै घर अगाडि रोकिराखेको गाडिमा आगजनी भएको...
काठमाण्डु, १३ कात्तिक– चुनावको विपक्षमा रहेको नेकपा–माओवादीले बुधबार दोलखा र काभ्रे जिल्ला बन्द गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभा विथोल्ने उद्देश्यले जिल्ला बन्द गराइएको हो । एमाओवादीले बुधबार विहान काभ्रेको पाँचखाल र दिउँसो दोलखाको चरिकोटमा सभा आयोजना गरेको छ ।...