संवैधानिक परिषद बैठक बस्दै

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ५:१९ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक–राष्ट्रिय मानव अधिकार आयोगमा रिक्त पदाधिकारी नियुक्तिको बिषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक बुधबार पनि बस्दैछ । संविधानसभा निर्वाचनमा मानव अधिकार आयोगको भूमिका झनै प्रभावकारी हुने भएकाले पदाधिकारीविहीन आयोगलाई पुर्णता दिने तयारीमा बैठक बस्न लागेको संचारमन्त्री एवं सरकारका प्रवक्ता माधव पौडेलले जानकारी दिए ।

मानव अधिकार आयोगका अध्यक्षसहित ५ सदस्यले अवकाश पाएपछि दुई महिनादेखि आयोग पदाधिकारीविहीन छ । आयोग अहिले कायम मुकायम सचिव वेदप्रसाद भट्टराईको नेतृत्वमा चलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us