समाचार

दावी विरोधको आज अन्तिम दिन

२०७० कार्तिक १३ गते १:५३

काठमाण्डु, १३ कात्तिक–समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोधकालागि निर्वाचन आयोगले दिएको समयसीमा बुधबार सकिदै छ ।   निवेदनको जाँचबुझपछि २१ गते नाम हटेको सूचना दिइने आयोगले जनाएको छ । आयोगले समानुपातिकको अन्तिम बन्दसूची कात्तिक २९ गने सार्वजनिक...

साना दलका कारण ठूला दललाई चुनौती

२०७० कार्तिक १३ गते १:२९

कञ्चनपुर, १३ कात्तिक–संविधानसभाको निर्वाचनमा साना दलहरुतर्फ मतको धुव्रीकरण हुन थालेपछि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा ठूला दलहरुलाई चुनौती थपिएको छ । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दललाई चुनौती देखिएको हो । कन्चनपुरका सहर उन्मुख क्षेत्रमा ठूला दलहरुबीच नै कडा प्रतिस्पर्धा देखिए पनि...

हिंसात्मक घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण

२०७० कार्तिक १२ गते १४:४०

काठमाण्डु, १२ कात्तिक– राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनमा भइरहेको हिंसात्मक घटना तत्काल रोक्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी चुनाव प्रचार–प्रसारका क्रममा दलका कार्यकर्ताबीच मुलुकका विभिन्न स्थानमा निर्वाचन प्रक्रियामा सहभागी दलका कार्यकर्ताबीच भइरहेका झडप तथा निर्वाचन बहिस्कार पक्षमा रहेका...

अहिलेको निर्वाचन ‘जीवन मरणको लडाईं’: प्रचण्ड

२०७० कार्तिक १२ गते १४:२४

काठमाण्डु, १२ कात्तिक । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेको निर्वाचन ‘जीवन मरणको लडाईं’ भएको बताएका छन् । परिवर्तन नचाहने र जनतालाई अधिकार दिन नचाहनेहरु यतिबेला सल्बलाइरहेको बताउँदै उनले जीवनमरणको लडाईं लड्न आग्रह गरे । पश्चगामी शक्तिका विरुद्ध जनता एकताबद्ध भएर लाग्नुपर्ने स्पष्ट...

कालिकोटमा वैद्य माओवादीबाट एमाओवादी चुनावीसभामा आक्रमण

२०७० कार्तिक १२ गते १३:१९

कालिकोट, १२ कात्तिक– कालिकोटमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादीको चुनावी सभा बोथोल्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको छ । झडपमा दुवै तर्फका गरी १२ घाइते भएका छन् । जिल्लाको रुप्सा गाविसमा मंगलबार एकीकृत माओवादीको चुनावीसभा हुनै लाग्दा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका...

स्याङजामा प्रहरीको गोली लागी दुई युवकको मृत्यु (अपडेटसहित)

२०७० कार्तिक १२ गते १२:११

स्याङजा, १२ कात्तिक– स्याङजामा एक महिलाको मृत्यु भएको विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागी दुई युवकको मृत्यु भएको छ । प्रहरीको गोली लागि चापाकोटका स्थानीय २१ वर्षीय सूर्य आले र १८ वर्षीय कृष्ण भट्टराईको ज्यान गएको हो । आलेको...

संघर्षका सबै रुप प्रयोग गर्न तयार छौं: गुरुङ

२०७० कार्तिक १२ गते ११:१८

काठमाण्डु, १२ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले सरकार र निर्वाचन प्रक्रियामा रहेका दलहरुविरुद्ध प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिएको छ । सचिव देव गुरुङले आफ्नो पार्टी र ३३ दलीय मोर्चामाथि देशव्यापी सरकारी दमन बढेकाले प्रतिरोध संघर्षका सबै रुप प्रयोग गर्न लागिएको बताए । ‘हाम्रो पार्टी...

प्रत्यक्षलाई नीलो र समानुपातिकलाई रातो रङको मतपत्र

२०७० कार्तिक १२ गते ११:१३

काठमाण्डु १२ कात्तिक– आगामी संविधानसभाको निर्वाचनका लागि प्रत्यक्ष निर्वाचनमा पहिलो निर्वाचित हुने निर्वाचन अर्थात् प्रत्यक्षका लागि हल्का नीलो र समानुपातिक निर्वाचनका लागि हल्का रातो रङ गरी दुई रङको मतपत्रको व्यवस्था गरिएको छ । पहिलो निर्वाचित हुने निर्वाचनका लागि २४० प्रकारका र समानुपातिक निर्वाचनका लागि...

अग्रगामी संविधान बनाउँछौं: एमाले नेताहरु

२०७० कार्तिक १२ गते १०:५७

काठमाण्डु, १२ कात्तिक– नेकपा (एमाले)का नेताहरुले आगामी मङ्सिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याएर अग्रगामी संविधान निर्माण गर्ने ठोकुवा गरेका छन् । मुलुकमा लोकतान्त्रिक संविधान निर्माण गरी त्यसलाई जारी गर्न निर्वाचनमा जनतासमक्ष आफ्नो पार्टीलाई बहुमत दिन एमाले नेताहरुले आग्रह गरेका हुन्...

निर्वाचन आयोगसँग प्रचण्डपुत्री आक्रोशित

२०७० कार्तिक १२ गते ९:३६

काठमाण्डु, १२ कात्तिक– एकीकृत नेकपा माओवादी काठमाण्डु–१ की उम्मेदवार रेणु दाहालले निर्वाचन आयोगप्रति आक्रोश पोखेकी छन् । नयाँबानेश्वरमा मंगलबार भएको चुनावीसभामा माओवादी अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी रणुलेले निर्वाचन आयोगले पक्षपातपपूर्ण व्यवहार गरेको भन्दै आयोग पदाधिकारीको आलोचना गरेकी हुन् । निर्वाचन आचार संहिताविपरीत रंगिन पोष्टर...

आक्रमणकर्ताले उम्मेदवारको पसल पनि छाडेनन्

२०७० कार्तिक १२ गते ९:०९

कञ्चनपुर, १२ कात्तिक– अखण्ड सुदूरपश्चिम पार्टी कञ्चनपुरका उम्मेदवारको पसलमा आगजनीको प्रयास भएको छ । आउँदो संविधानसभाको निर्वाचनका उम्मेदवारमाथि हातपात र चुनावी प्रचारमा प्रयोग भएका गाडीमा तोडफोड गर्ने क्रम बढिरहेको बेला आक्रमणकर्ताहरुले उम्मेदवारका पसल पनि नछाडेका हुन् । दोस्रो संविधानसभा निर्वाचनका लागि अखण्ड सुदूरपश्चिम पार्टीका...

माओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैनः कोइराला

२०७० कार्तिक १२ गते ८:४७

चितवन, १२ कात्तिक- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसको जित आवश्यक रहेको बताउँदै कोइरालाले सो दाबी गरेका हुन् । कम्युनिष्टसँग जनता निरास भइसकेको जिकिर गर्दै कोइरालाले एमाओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us